
घोराही, कात्तिक २८ । नेपाल रेडक्रस शोसाईटी जिल्ला शाखा दाङको आयोजनामा घोराहीमा चार दिने विपद प्रतिकार्य तालिम भएको छ । यूएसआईडीको आर्थिक सहयोग, प्राक्टिल एक्सनको साझेदारीमा रेडक्रस शाखाको विपद पूर्व तयारी तथा पूर्व सूचना प्रर्णाली सवलीकरण परियोजना अन्त्तरगत तालिम सञ्चालन गरिएको हो ।
जिल्ला परियोजना संयोजक सञ्तोष ढकालले चार दिनसम्म चलेको सामुदायिक पहल प्रशिक्षण तालिममा २४ जनाको सहभागिता रहेको जानकारी दिए । घोराहीस्थित भिंग्रेली रिसोर्टमा सञ्चालन भएको तालिममा बढी जोखिम युक्त र नदी तटिय समुदायका पालिकाहरुबाट तीनदेखि चार जना सम्मको सहभागिता रहेको तालिम संयोजक तिर्थराज पाण्डेले जानकारी दिए ।
त्यस्तै कम जोखिम युक्त पालिकाबाट अनिवार्य रुपमा एक जना सहभागि गराइएको उनले बताए ।
सहायक तालिम संयोजक सरोज अधिकारीले समुदायमा घटिरहने विपदको कसरी सामाना गर्ने र क्षति न्यूनिकरण गर्ने भन्ने सवालमा तालिम केन्द्रित रहेको जानकारी दिए ।
तालिमको प्रशिक्षकहरुमा विनायक पौडेल, देविप्रशाद प्याकुरेल, सूजन विक, रतन टमट्टा लगाएका थिए । समापन कार्यक्रम रेडक्रसका दाङ जिल्ला सभापति नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका शाखाका मन्त्री प्रकाश श्रीबन्त, जिल्ला शाखा कोषाध्यक्ष कुशल तर्तालले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । तालिमको उदेश्य मानव जीवनको रक्षा र क्षति न्यूनिकरण रहेको हुँदा बिपदको समयमा सिकेको सिपको सदुपयोग गर्न उनीहरुले आग्ह गरे ।
समापन कार्यक्रममा तालिमको सहभागिको तर्फवाट उमेर चौधरीले पनि मनतव्य व्यक्त गरेका थिए । विपद पूर्व तयारी तथा पूर्व सूचना प्रर्णाली सवलीकरण परियोजना कार्यक्रम लागु भएका जिल्लाका बबई, शान्तिनगर, दंगिशरण, राप्ती, गढवा र राजपुर गाउँपालिका, लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिका गरि ८ वटा पालिकाकाबाट सहभागि थिए । तालिम प्रयोगआत्मक रुपमा सञ्चालन गरिएको थियो ।
