काठमाण्डौ,कात्तिक २८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
पार्टीभित्रको विवाद समाधान गर्न लगातार भइरहेका छलफलबाट सहमति नजिक पुगेकाले आज बैठक बस्न लागेको नेपाली कांग्रेसले जनाएको छ ।
आज पनि छलफल गरी सहमति भएका विषयलाई दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा लगेर पारित गर्ने तयारी भैरहेको पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसमिति बैठक दिउँसो एक बजे बस्नेछ ।
कांग्रेसमा क्रियाशील सदस्यता वितरण लगायतको विवाद छ ।
प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार
