२०८३ जेष्ठ २७ गते बुधवार

यूएसआईडीको सहयोगमा तुलसीपुरमा आर्थिक पुर्नंलाभ परियोजना सञ्चालन

कोरोनाका कारण आर्थिक संकटमा परेका र रोजगारी गुमाएकाहरु प्रति कार्यक्रम लक्षित

तुलसीपुर ,कात्तिक २७ । दाङको तुलसीपुरमा यूयसआईडी तयार नेपालको आर्थिक सहयोगमा पुर्नंलाभ परियोजना सुरु भएको छ । त्यसका लागि तयार नेपाल, तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघका बीचमा त्रिपक्षीय संझौंता भएको छ ।

परियोजना सञ्चालन गर्न बिहीवार तुलसीपुर उद्योग वाणिज्य संघमा सहायता कक्षा स्थापना गरिएको छ । उपमहानगरपालिका र संघका बीचमा समन्वय गर्न सहायता कक्ष स्थापना गरिएको हो । परियोजनाका टिम लिडर तथा तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसीले तुलसीपुरका १९ वटै वडाहरुमा कोरोना भाईरसका कारण प्रभावित भएका र जागिर गुमाएका परिवारलाई लक्षित गरि सहायता कक्ष स्थापना गरिएको जानकारी दिए ।

कोरोना भाइरसका कारण आर्थिक संकटमा परेका तथा रोजगारी गुमाएका व्यक्तिहरुलाई यूएसएआइडीको आर्थिक सहयोग र तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा तुलसीपुर उद्योग बाणिज्य संघले राहात प्रदान गर्ने उदेश्य राखिएको छ ।

कोरोना माहामारीको समयमा अगाडि बढ्न नसकेका लघु उद्यम र साना उद्यमीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने उदेश्य राखेर सहायता कक्षले स्थापना भएको परियोजनाका टिम लिडर केसीले कार्यक्रममा जानकारी दिए ।

‘कोरोना माहामारीका कारण अप्ठेरोमा परेकाहरुलाई बाटो देखाउन, गाईड गर्न र आर्थिक सहायता गर्नको लागि यो सहायता कक्ष स्थापना भएको हो,’ परियोजनाका टिम लिडर केसीले भने ‘हिजो मात्रै हामीले त्यसवारे छलफलहरु गरेर कसरी अगाडि बढ्ने भन्ने योजना बनाएका छौं।’

कोरोनाका कारण जागिर गुमाएका तथा अप्ठेरोमा परेकाहरुलाई काम दिएर पुर्नंलाभ परियोजना मार्फत रकम भूक्तानी गरिने छ । त्यसका साथै अति समस्यामा परेकाहरुलाई नगद आर्थिक सहायता गरेर उनीहकरुको जीवन यापनमा सहायता गर्ने उदेश्य रहेको परियोजनाका टिम लिडर केसीले जानकारी दिए ।
त्यसका लागि एक सय ५८ जना ससर्त लाभग्राहीहरु र काम गरेबाफत रकम भुक्तानी दिने थप दूई सय नौं जनाको छनोट बुधवार मात्रै गरिएको केसीले जानकारी दिए ।

परियोजना अन्तरगत ससर्त सेवाग्राही एक सय ५८ जनालाई ३२ हजार प्रति व्यक्ति रकम भुक्तानी दिएर बाख्रा पालन जस्ता पुर्नंलाभका कार्यहरुमा सहयोग गरिने भएको छ । त्यो रकम उनीहरुलाई बैंक खाताहरु मार्फत प्रदान गरिने भएको छ ।

त्यस्तै कोरोनाका कारण काम गुमाउन बाध्य भएका दूई सय नौं जनालाई पाँचवटा श्रमका लागि नगद योजना मार्फत २० दिन काममा लगाएर १४ हजार बैंक खाता मार्फत भूक्तानी गरिने परियोजनाका टिम लिडर केसीले बताए ।

काम दिने व्यक्ति छनोट गर्दा महिला, दलित, जनजातिलाई छनौटमा प्राथमिकता दिइने भएको छ । खोलामा तटबन्ध निर्माणमा तालजाली लगाउने, पर्खाल लगाउने जस्ता कामहरु उनीहरुका लागि छुट्याइएको परियोजनाका टिम लिडर केसीले जानकारी दिए । यी काम गर्न एउटा कार्य योजना र कार्यविधि तयार गरिने भएको छ ।

त्यसका साथै परियोजनाले तुलसीपुरका २० जना महिला उद्यमी, विदेशमा रोजगारी गुमाएर विदेशवाट फर्केका थप २० जनालाई पनि तालिम दिने भएको छ । माघ २२ गतेसम्म त्यस्तो तामिल सकेर उनीहरुलाई रोजगारीको व्यगस्था समेत गरिने भएको छ ।


पुर्नंलाभ परियोजनाले अप्ठेरोमा परेकाहरुलाई खुसी दिन्छ – लामिछाने
सहायता कक्ष उद्घाटन पछि कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिका अन्तरगत वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले परियोजना सञ्चालन भएपछि कोरोना महामारीका कारण रोजगारी गुमाएका र अप्ठेरोमा परेकाहरुलाई जीवन यापन गर्ने आधारहरु मिल्ने आशा व्यक्त गरे ।

‘नेपालभरका पालिकाहरु मध्य तुलसीपुरलाई छनोट गरेर आर्थिक पुर्नंलाभ परियोजना सञ्चालन गरेको म यूएसआईडीलाई धन्यवाद ज्ञापन गर्न चाहान्छु,’ वडा नं. ६ का वडाध्यक्ष समेत रहेका लामिछानेले भने ‘पर्नुंलाभ परियोजनाले अप्ठेरोमा परेका धेरैका मुहारमा मुस्कान थपिदिने विश्वाश छ ।’

उनले यो परियोजनाबाट तुलसीपुरबासी लाभान्वित हुने आशा व्यक्त गरे । परियोजनाले प्रभावितहरुको जीवन यापन र जीवन सुधारका लागि महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । त्यसका लागि तुलसीपुर उपमहानगरपालिकाका विभिन्न शाखा र उद्योग बाणिज्य संघले मिलेर काम गर्ने लामिछानेले जानकारी दिए । विपदको सामना मिलेरै गर्नु पर्ने र त्यसले सकारात्मक परिणाम दिने उनको तर्क थियो ।

‘तत्कालाई यो परियोजनाले चारसय जति अप्ठेरोमा परेका सर्वसाधारण लाभान्वित हुने देखिन्छ,’ लामिछानेले भने ‘यो परियोजना अब लङ टर्मका लागि सञ्चालन हुनु आवश्यक छ।’सहायता कार्यक्रमका विशिष्ट अतिथि तथा परियोजनाका आर्थिक प्रतिकार्य योजना विशेषज्ञ नहकुल केसीले विपदको समयमा मिलेर सामना गर्नु बुद्धिमानी हुने बताए ।

पुर्नंलाभ परियोजना सञ्चालन गर्दा कार्यविधि बनाएर समस्यामा परेकाहरुको जीवन सहज बनाउनका लागि कार्य गरिने उनले विश्वास दिलाए । ‘ कारोना महामारीका कारण रोजगारी गुमाएर घर फर्किएका र काम नपाएकाहरुलाई सहज जीवन यापनका लागि पहल हुने छ,’ योजना विशेषज्ञ केसीले भने ।

सहायता कक्षा उद्घाटन कार्यक्रम तुलसीपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रामप्रशाद चालिसेको अध्यक्षतामा भएको हो । उक्त कार्यक्रममा तयार नेपालका फिल्ड अफिसर दशरथ रौनीयार, तुलसीपुर उपमहानगरपालिकका विपद व्यवस्थापन शाखाका प्रमुख भिमप्रकाश खत्री, कोभिड फोकल पर्सन विमल केसी लगाएको सहभागिता थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *