काठमाडौं,कात्तिक २७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।
बिहीबार विहान बसेको मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।
अर्थ मन्त्री विष्णु पौडेलले ट्विटर मार्फत त्यसको जानकारी दिएका छन् ।
अध्यक्ष केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो।
उनको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
अध्यक्ष केसीको अवस्था सामान्य रहेको जानकारी दिइएको छ । केसी मंगलबार बुटवलबाट काठमाडौं गएर अस्पताल भर्ना भएका थिए ।
प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
