२०८३ जेष्ठ २७ गते बुधवार

नेपालमा थप २ हजार ५ सय ६९ जनामा जनामा कोरोना संक्रमण

संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौँ,कात्तिक २६ । नेपालमा थप २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ५६९ जनामा संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हालसम्म १ लाख ६२ हजार २४३ जना स‌ंक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ । क्वारेन्टिनमा १ हजार १०९ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *