२०८३ असार २ गते मङ्गलवार

स्थानीय तहमा समावेशिककरण नीतिको खाँचो


तुलसीपुर,कात्तिक २४ । लैंगिक समानता कायम गर्न सामाजिक समावेशिकरण आवश्यक रहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।सोमवार तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा प्रारम्भिक मस्यौदा निमार्ण कार्यदलले आयोजना गरेको छलफलका सहभागीले यस्तो बताएका हुन ।

स्थानीय तहमा लैगिंक समानता सुनिश्चितता गर्न स्थानीय तहमा बन्ने नीति कार्यक्रम तथा बजेट निर्माण प्रक्रियालाई लैगिंक मैत्री बनाउनु पर्ने महिला बालबालिका तथा सामाजिक विकास शाखाका संयोजक विष्णु आचार्यले बताइन ।  लोकतन्त्रका लाभहरुलाई सबै नागरिकहरुमा न्यायोचित वितरण तथा सामाजिक न्याय स्थापना गर्न लैंगिक तथा सामाजिक समावेशिकरण आवश्यक रहेको उनले तर्क गरिन ।

त्यस्तै ओरेक दाङका संयोजक इश्वरी थापाले हरेक पालिकाहरुमा लैगिंक समानता नीति निर्माण गर्ने प्रक्रियाका सुरु भएमात्रै लैंगिक समानता स्थापना हुने धारणा राखिन । राज्यको नीति, कानुन, संरचना, कार्यक्रम, योजना र आयोजनाको सबै चरणमा समावेशिकरण आवश्यक रहेको उनको जोड थियो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नं १० का अध्यक्ष कुमार लामिछाने,वडा नं ६ का अध्यक्ष नवराज लामिछाने,अधिकारकर्मी केशब शर्मा मजगैंयाले एकद्धार प्रणाली मार्फत सबै क्षेत्र,सबै वर्गलाई समेट्ने गरि निति निमार्ण गर्नुपर्ने जोड दिए ।

प्रारम्भिक मस्यौदा निमार्ण गर्न कार्यदल
स्थानीय तहमा लैंगिक समानता सुनिश्चित गर्न प्रारम्भिक मस्यौदा निमार्ण गर्न कार्यदल गठन गरिएको छ ।समितिमा महिला बालबालिका,शिक्षा,ओरेक,युएस.आइडी र कानुनका विज्ञहरुलाई समेटिएको छ । जसको सल्लाहाकारमा महिला अधिकारकर्मी सुष्मा गिरी,अधिबक्ता मोहन धिताल, अधिकारकर्मी स्यानी चौधरी लगाएत रहेका छन् ।

दिगो विकास लक्ष्य अन्तर्गतका सामाजिक समावेशीकरणका सुचकहरु प्राप्त गर्ने लक्ष्यका साथ वञ्चित र बहिष्करणमा परेका व्यक्तिहरुको सशक्तिकरणमा जोड्न नीति निर्माण गर्न लागिएको छ ।

राज्यका सबै तह,क्षेत्र तथा संरचनामा समान पहुँच सुनिश्चित गर्ने मुख्य उद्देश्यले कार्यदल गठन गरिएको उपप्रमुख माया शर्माले बताइन । कार्यक्रमको सहजिकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले गरेकी हुन ।

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *