२०८३ जेष्ठ २७ गते बुधवार

बुटवलमा कोरोनाका कारण ४५ बर्षीय पुरुषको मृत्यु

बुटवल, कात्तिक २४ । बुटवलमा कोरोनाका कारण एक पुरुषको मृत्यु भएको छ । बुटवल उपमाहानगरपालिका वडा नं. १७ निवासी ४५ वर्षीय पुरुषको सोमवार बिहान ६ बजेतिर मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले जानकारी दिएको छ ।

उनलाई २२ गते उनलाई कोरोनाको संक्रमन पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका उनलाई कोरोना पुष्टि भएसंगै सोही दिन लुम्बिनी कोरोना बिशेष अस्पतालमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा सुधार नआएपछि उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिइएको छ । उनी मृगौलाको समेत विरामी थिए । यो संगै रुपन्देहीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८० जना पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *