
दाङ,कात्तिक २१ । कर्मचारी संगठनहरुले दाङ देउखुरीको लालमटियास्थित राप्ती प्राविधिक शिक्षालय सारेर त्यो ठाउँमा लुम्बिनी प्रदेश सरकारको कार्यालय नराख्न आग्रह गरेका छन् ।प्राधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद अन्तरगतका क्रियासिल ट्रेड यूनियनहरुले शिक्षालयलाई स्थान्तरण गरि त्यहाँ लुम्बिनी प्रदेश सरकार सञ्चालनका लागि आवश्यक संरचनाहरु निर्माण गर्न थालिएको भन्दै विरोध जनाएका छन् ।
कर्मचारी संघका अध्यक्ष नविनकुमार गुरुङ र राष्ट्रिय कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष अर्जुनप्रशाद रिमालले बिहीवार एक संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षालय स्थान्तरण गर्ने कार्य तत्काल रोक्न माग गरेका छन् ।
स्वास्थ्य, कृर्षि र निर्माण सम्वन्धि विषयहरुको प्राविधिक पढाई हुँदै आएको उक्त शिक्षालयले बार्षिक १२ सय विद्यार्थीलाई प्राविधिक ज्ञान दिने गरेको जानकारी दिएको छ । करिव १६ विगाहा क्षेत्रफलमा फैलिएको शिक्षालयमा २२ वटा भवनहरु रहेका छन् । यो शिक्षालय विक्रम संवत २०५० सालमा स्थापना भएको हो ।

