२०८३ जेष्ठ २३ गते शनिवार

थपिए २ हजार ९०९ जना कोरोना संक्रमित, चार हजार ५ सय जना डिस्चार्ज


काठमाडौं, कात्तिक २१ । पछिल्लो २४ घण्टामा दुई हजार ९०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यो संगै कोरोना संक्रमितको संख्या एक लाख ८८ हजार आठ सय ८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा चार हजार ५ सय जना डिस्चार्ज भएका छन । यो संगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ५२ हजार नौ सय आठ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १८ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको सङ्ख्या एक हजार ७० पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *