२०८३ असार २ गते मङ्गलवार

दालमा कालो छ है ! – डा. बाबुराम भट्टराई

काठमाडौं, कात्तिक २१ । सरकारले मन्त्रिपरिषको बैठकबाट देशको नाम ‘सङ्घीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेसंगै जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले ‘दालमा कालो छ है!’  भन्दै आपत्ति जनाएका छन् ।

भट्टराईले सामाजिक संजालमा टुइटरमा लेखेका छन ‘संयुक्त राष्ट्र संघमा देश/राज्यका नाम उनीहरूको संविधान/राज्यप्रणाली अनुरूप हुने आम प्रचलन हो।सोही अनुसार नेपालको नाम “Federal Democratic Republic of Nepal” रहेकोमा ओली सरकार किन पछि हटेको हो? यो स्वीकार्य छैन! दालमा कालो छ है! सबैले प्रतिवाद गरौं! खबरदार!!’

असोज ११ गतेको मन्त्रिपरिषद् बैठकबाट ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा गत असोज २८ मा जारी परिपत्रअनुसार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायमा परिपत्र जारी को थियो ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को स्थानमा ‘नेपाल’ मात्र लेख्न भनिएको छ । यस्तै अङ्ग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘Nepal’ मात्र लेख्ने क्याबिनेटबाट निर्णय भएको परिपत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *