२०८३ जेष्ठ २३ गते शनिवार

कैलालीका वडाध्यक्ष शाहको कोरोनाका कारण मृत्यु


दाङ , कात्तिक २१ । कैलाली जिल्लामा कोरोना संक्रमित एक जना वडा अध्यक्षको मृत्यु भएको छ।
गौरीगंगा नगरपालिका वडा नम्बर ३ निवासी ७३ बर्षीय वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको शुक्रबार विहान ६ बजेतिर मृत्यु भएको हो।

उनी कात्तिक १२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। उनलाई १७ गते कोरोना संक्रमन पुष्टि भएको थियो।

कडा खालको निमोनियाका बिरामी भएपछि स्वासप्रश्वासमा जटिल समस्या उत्पन्न भएपछि उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *