
काठमाडौं, कात्तिक २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विरूद्ध चलखेल भइरहेको भन्दै त्यसलाई निस्तेज पार्ने बताएका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले अस्थिरता निम्त्याउने गरी षडयन्त्र भइरहेको भन्दै त्यसलाई निस्तेज पार्ने चेतावनी दिएका हुन ।
आफूलाई पदबाट हटाउन विभिन्न चलखेल भइरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता तत्वलाई निस्तेज पार्ने बताएका हुन । बैठकमा सहभागि एक मन्त्रीका अनुसार कोटेश्वरमा विभिन्न खालका चलखेल भइरहेको र ती चलखेलको सामना गर्न आफु तयार रहेको प्रधानमन्त्रीले बताएका थिए ।
अर्कौ तर्फ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा कानुन व्यवसायीहरूसँग परामर्श गरेका छन् ।
प्रचण्ड र नेपालले प्रधानमन्त्री ओलीले चाल्नसक्ने सम्भावित कदमका बारेमा छलफल गरेका हुन । अहिलेको व्यवस्था अनुसार कुनै पनि दल फुटाउन संसदीय दल र पार्टी केन्द्रीय समिति दुवैमा कम्तिमा ४० प्रतिशत संख्या चाहिन्छ।
