२०७७ माघ ८ गते बिहिवार

प्रतियोगितामा दाङका बबि बस्नेत सर्वोत्कृष्ट

दाङ, कार्तिक २० । लेख रचना प्रतियोगितामा दाङका बबि बस्नेत सर्वोत्कृष्ट भएका छन । विश्व खाद्य दिवस समिती नेपालले काठमाडौंमा आयोजना गरेको ४० औं विश्व खाद्य दिवसको अवसरमा गत शुक्रबार आयोजित कार्यक्रममा बबि बस्नेतको ‘घोषणामै सिमित दिगो कृषि तथा खाद्य सुरक्षा लक्ष्य ‘ शिर्षकको लेख सर्वोत्कृष्टमा छनोट भएको हो ।

देशभरबाट लेख रचना विधातर्फ नारायण गिरी, अरुण जिसी र बबि बस्नेत पुरस्कृत भएका हुन् । विगत वर्षमा समितीले ३६ वटा विधा गर्ने गरेकोमा कोरोनाका कारण गत वर्ष र यस वर्ष भने विभिन्न ६ वटा विधामा मात्र पुरस्कृत गरेको हो ।

‘हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ भन्ने नेपाली नाराका साथ विविध कार्यक्रम गरी ४० औं विश्व खाद्य दिवस साताव्यापी रूपमा मनाइएको हो ।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *