
कार्तिक, कात्तिक २०। आज देशका पहाडीबाहेक अरु क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पहाडी भेगको केहि ठाउँमा भने सामान्य पानी पर्ने सम्भावना रहेकाे महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण पहाडी भेगको केहि ठाउँमा सामान्य खालको पानी पर्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको अरु ठाउँको मौसम हिजोभन्दा आज अलि सफा हुने अनुमान छ । आज हिजोको तुलनामा बादल कम र घाम बढी लाग्नेछ ।
प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार