
तस्विर : वर्षा शाहको फेसबुकबाट
काठमाडौं, कात्तिक १९ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन् । भारतीय सेनाको विशेष विमानबाट उनी नेपाल आएका हुन । उनी कात्तिक २१ गतेसम्म नेपालमै बस्ने छन् ।
नरवणे कालापानी–लिपुलेक सीमाबारे धारणा राखेका कारण यसअघि उनको व्यापक आलोचना भएको हो ।
उनले नेपाल भ्रमणका क्रममा सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसंग अन्तक्र्रियाको कार्यक्रम रहेको जानकारी दिइएको छ ।
नरवणे आउँदा पत्रकारलाई त्रिभुवन विमानस्थलमा फोटो खिच्न रोक लगाइएको थियो ।
प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार
