२०८३ असार १३ गते शनिवार

२४ घण्टामा ३ हजार ३ सय ९ संक्रमित थपिए

३० जनाको मृत्यु

काठमाडौं,कात्तिक १९ । पछिल्लो २४ घण्टामा नेपालमा ३३ सय ९ जना कोरोना भाइरस कोभिड–१९० संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३८ सय ४४ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना जित्नेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।

२४ घण्टामा ३० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार २४ घण्टामा १३ हजार १४४ पीसीआर परीक्षण भएको थियो ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४ घण्टामा १५ सय ७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरेर १८ सय ७८ रहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *