२०८३ जेष्ठ २९ गते शुक्रवार

उत्कृष्ट बन्यो दाङ महिला जेसीज

दाङ, कात्तिक १८ ।  सामाजिक तगायत विभिन्न क्षेत्रमा गरेको कार्यहरुको मुल्याकन गर्दै दाङ महिला जेसीजले अवार्ड प्राप्त गरेको छ ।

जेसीजहरुमध्ये उत्कृष्ट कार्य गरेको भन्दै नेपाल जेसीजले अवार्ड प्रदान गरेको हो । ‘जेसीज अफ द मन्थ’ अवार्डबाट दाङ महिला जेसीज सम्मानित भएको अध्यक्ष जीवा भुषालले जानकारी दिइन ।

अक्टुबर महिनामा गरेको कार्य एवं समग्र सन् २०२० भित्र भएका कार्यहरुको उच्च मुल्यांकन गर्दै नेपाल जेसीजले दाङ महिला जेसीजलाई अवार्ड प्रदान गरेको भुषालले जानकारी दिइन ।

‘समग्र सन् २०२० मा हामीले गरेको कार्यहरुको मुल्यांकन गर्दै नेपाल जेसीजले अक्टुबर महिनाकोलागी जेसीज अफ द मन्थ एरिया–डी को अवार्ड प्रदान गरेको छ’ अध्यक्ष भुषालले भनिन् – ‘हाम्रो कामको मुल्याकन गरिदिएकोमा नेपाल जेसीज परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

अवार्ड प्राप्त गर्नकालागी सल्लाह सुझाव एवं हौसला प्रदान गर्ने सम्पूर्ण सहयोगी व्यक्ती एवं संघसंस्थाहरुमा दाङ महिलाजेसीजका अध्यक्ष जीवा भुषाल र महासचिव संगीता गिरीले धन्यवाद ज्ञापन गरेकी थिइन ।

अध्यक्ष भुषालले यस अवार्डसँगैको सम्मानले दाङ महिला जेसीज परिवारमा उत्साहकासाथ आगामी दिनमा पनि थप सिर्जनशील कार्यहरु गर्न हौसला प्रदान गरेको बताइन ।

दाङ महिला जेसीजले कोभिड–१९ सक्रमणको समयमा पनि विपन्न परिवारलाई राहत वितरण, महिलाहरुलाई आत्मनिर्भर बनाउनकालागी व्यवसायीक तालिम, विभिन्न मठमन्दिरहरु सरसफाई, फरक क्षमता भएका व्यक्तीहरुलाई सहयोग, रक्तदान, सामाजिक अपराध एवं विकृति विसंगति विरुद्धको सचेतना, सदस्यहरुको नेतृत्व विकास लगायतका विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *