
चक्र अधिकारी, किशोर आचार्य
दाङ,कात्तिक १७ ।नेपाल उधोग बाणिज्य महासघंका केन्द्रीय सदस्य किशोर आचार्य र कोहोलपुर उधोग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारी सवारी दूर्घटनामा परि घाइते भएका छन् ।
आचार्य रोल्पा उद्योग बाणिज्य संघका पूर्व अध्यक्षपनि हुन । घाईते आचार्य र अधिकारी आसन्न महासघको निर्बाचनका लागि केन्द्रीय सदस्य पदका उम्मेदवार हुन । उनीहरु सोही निर्वाचनको माहोल निर्माण तथा प्रचार प्रशारका क्रममा पाल्पा पुगेर कास्किको पोखरा जाने क्रममा दूर्घटनामा परेका हुन ।
बुधबार बुटवलबाट पोखरा जानेक्रममा केराबारी भन्ने स्थानमा अधिकारी आँफैले चलाएको कार सडकदेखि पाँच सय मिटर तल खोचमा खस्दा कारमा सवार दुबै जना गम्भीर घाइते भएको पाल्पा उधोग बाणिज्य सघंका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।
यो खवर तयार पार्दासम्म दुबै जनाको पाल्पा स्थित मिसन अस्पतालमा उपचार भइरहेको श्रेष्ठले बताए ।
दुबै घाइतेलाई अबस्था हेरेर नेपाल उधोग बाणिज्य महासघंका महासंघका उपाध्यक्ष चन्द्र ढकालको सहयोगमा हेलिकोप्टर मार्फत काठमाडांै लैजाने बारेमा छलफल भइरहेको महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष गुणनिधि तिवारीले जानकारी दिए ।
