२०८३ जेष्ठ २७ गते बुधवार

कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पानी पर्ने


काठमाडौं, कात्तिक १७ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केहि ठाउमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अनुसार वाग्मती र प्रदेश २ बाहेकका अरु ठाउँमा आज दिनभर नै बादल लाग्ने सम्भावना छ ।

वाग्मती र प्रदेश २ को मौसम भने सामान्यतया सफा नै रहनेछ । न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले केही दिनदेखि चिसो बढ्न थालेको छ । आज बिहान काठमाण्डौको तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *