
काठमाडौं,कात्तिक १४ । पछिल्लो २४ घण्टामा देशभर ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४०९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट शुक्रबार १६ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
