२०८१ बैशाख १२ गते बुधवार

आज सार्वजनिक विदा

काठमाडौं,कार्तिक १४।नेपालमा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ । आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ । आजको दिनलाई ‘मोहम्मद डे’ पनि भनिने गरिन्छ । ‘मोहम्मद डे’ विश्वभर मनाइने गरिन्छ ।

यस वर्ष कोरोना भाइरसको संक्रमणको जोखिमका हुने भएकोले गर्दा सामूहिक भेला भएर गरिने कार्यक्रमहरु भने प्रभावित हुने भएका छन् । मोहम्मदको जन्मजयन्तीको अवसरमा आज प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ ।

मोहम्मदको जन्म इस्वी सम्वत् ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो ।

बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको थियो । उनी जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो ।

त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तिर्थस्थल मानिन्छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *