२०७७ मङ्सिर १७ गते बुधवार

कोरोनावाट दाङका ६५ बर्षीय पुरुषको मृत्यु

दाङ, कात्तिक १३ । कोरोना संक्रमित दाङका ६५ बर्षीय एक पुरुषको विहीवार मृत्यु भएको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नं. १ निवासी ती पुरुषको दिउँसो ३ : ५० बजे नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनलाई १० गते उनलाई कोरोना संक्रमन पुष्टि भएपछि अस्पतालको कोभिड–१९ यूनिटमा भर्ना गरिएको थियो । मधुमेह रोगवाट पीडित ती पुरुषलाई प्लाज्मा थेरापी लगाएका विधिवाट समेत उपचार गर्दापनि स्वास्थ्य सुधार नआको मृत्यु श्रेष्ठले जानकारी दिए । यो सहित बाँकेमा ४७ जनाको मृत्यु भइसकेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । जसमा बाँकेका ३० र बाहिरी जिल्लावाट उपचारका लागि लगिएका १७ जना रहेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *