२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरमा प्रदेशस्तरीय तेक्वान्दो प्रशिक्षण


शरद रेग्मी
तुलसीपुर, मसिर २० ।
दाङमा प्रदेशस्तरिय नेपाल तेक्वान्दो संघको प्रशिक्षण सुरुभएको छ । बिहीबार नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ५ को आयोजनामा तुलसिपुरमा एक कार्यक्रमका बीच प्रशिक्षणको समुद्घाटन गरिएको हो ।

१२ जिल्लाका ५० बढी खेलाडीहरु सहभागी रहेको प्रशिक्षण कार्यक्रमको एक कार्यक्रमका बीच प्रदेश सभासद् डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले नेपालमा खेलकुदको राम्रो सम्भाबना र अवसर रहेको बताए ।

उनले खेलाडीहरु पटक–पटक विवादमा आउँदा नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा केही नकारात्मक पर्न गएको भन्दै आफ्नो जन्मभूमि, पेशा र अनुशासनलाई मुख्य प्राथमिकतामा खेल खेल्नसमेत खेलाडीहरुलाई अनुरोध गरे ।

नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ५ का अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगी, प्रशिक्षक नवीन कुमार श्रेष्ठलगायतले शुभकामना ब्यक्त गरेका थिए ।

दाङमा आजदेखि पहिलोपटक तेक्वान्दोको निर्णायक प्रशिक्षण सुरुभएपछि खेलाडीहरु थप हौसिएका छन् । प्रशिक्षण चार दिनसम्म सञ्चालन हुने प्रशिक्षक सुमन घलेले जानकारी दिएका छन् । कार्यक्रमको सहजीकरण तेक्वान्दो संघ प्रदेशका महासचिव विनिल केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *