
काठमाडौं, कात्तिक १२ । सत्तारुढ दल नेकपा केन्द्रीय कमिटी बैठक एक महिनाका लागि स्थगित गरिएको छ।पार्टी कार्यालयका सचिवद्वय श्रीराम ढकाल र इश्वरी रिजालले बुधवार जारी गरेको विज्ञप्तिमा बैठक एक महिना स्थगित गरिएको जानकारी दिएका छन् ।
कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा जनाइ अनुसार अब केन्द्रीय कमिटी बैठक मंसिर १५ देखि १७ सम्म बस्ने जानकारी दिइएको छ । यसअघि कात्तिक १५ देखि १७ गतेसम्म बस्ने गरि केन्द्रीय कमिटी बैठक आह्वान गरिएको थियो ।
प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
