दाङ, कात्तिक १२ । दाङ देउखुरीको राप्ती गाउँपालिका चार दिन सिल गरिएको छ । गाउँपालिका अन्तरगत रोजगार सेवा केन्द्रमा कार्यरत एकजना पुरुष कर्मचारीलाई कोरोना संक्रमन पुष्टि भएपछि गाउँपालिका चार दिनका लागि सिल गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले ती कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीपनि संक्रमित हुन सक्ने र त्यसले अन्य सेवाग्राहीमा समेत संक्रमनको जोखिम बढाउन सक्ने हुँदा पालिका सिल गरिएको जानकारी दिए । सोही कुरालाई मध्यनजर गर्दै चार दिनका लागि गाउँपालिकाको कार्यालय र १ र ३ नम्वर वडा समेत सिल गरिएको अध्यक्ष सुवेदीले बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष सुवेदीले बुधवार एक विज्ञप्ति प्रकासित गर्दे पालिका स्तरिय संकट व्यवस्थापन समितिको निर्णय अनुसार कात्तिक १६ गतेसम्म गाउँपालिकाको कार्यालय, वडा नं. १ र ३ का वडा कार्यालय सिल गरिएको जानकारी दिका हुन ।
ती संक्रमितको हाल बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी राजधानी केन्द्र तोकिएको पालिका हो ।

