२०८३ असार ५ गते शुक्रवार

अब हप्तामा दूई दिन मात्रै कोरोना बारे जानकारी दिइने


काठमाडौं,कात्तिक १२ । बिहीवारदेखि सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोना भाइरसको संक्रमणबारे पत्रकार सम्मेलन मार्फत जानकारी दिने भएको छ । हालसम्म दिनहुँ पत्रकार सम्मेलन हुँदै आएकोमा अब आइतवार र बुधवार मात्रै पत्रकार सम्मेलन गरि कोरोना बारे जानकारी दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

सरकारले गत चैत ११ गते लकडाउन गरेदेखि नै दैनिक सवा ४ बजेतिर कोरोना बारे पत्रकार सम्मलेन गरि जानकारी दिदै आएको थियो।तर, ंयो क्रम दशैंको समयमा ५ दिनसम्म स्थगित गरिएको थियो। दशैं बिदापछि बुधवार आयोजित पत्रकार सम्मेलनमा अबदेखि दैनिक जानकारी नदिइने प्रबक्ता गौतमले बताए ।

कोरोनाबारे जानकारी लिन अन्यवार वेवसाइट हेर्नुपर्ने भएको छ । सर्वसाधारणले विभिन्न सञचार माध्यमबाट पनि कोरोनाको दैनिक अवस्था जानकारी लिनु पर्ने भएको छ ।

बुधवार थपिए १९५४ संक्रमित
बुधवार नेपालमा थप १ हजार ९ सय ५४ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार वितेको २४ घन्टा २ हजार ९ सय ८१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । त्यस्तै ११ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ८ सय ८७ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या देशभर १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ । त्यसमध्य १ लाख २१ हजार ८ सय २४ जना निको भएर घर फर्कि सकेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *