तुलसीपुर, कात्तिक १२ । तुलसीपुरको ग्रामिण भेगमा गस्ति गर्ने उदेश्यले संयुक्त सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
तुलसीपुर क्षेत्रमा चरणवद्ध रुपमा हिंसात्मक घटनाहरु हुन थालेपछि त्यो नियन्त्रण गर्ने उदेश्यले संयुक्त गस्ति टोली निर्माण गरि गस्ति सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।
सशस्त्र प्रहरीसंगको सहकार्यमा मंगलवार रातिदेखि त्यस्तो गस्ति सुरु भइसकेको एसपी चन्दले बताए । उक्त संयुक्त गस्तिले बेलुका ६ बजेदेखि राति ११ बजेसम्म तुलसीपुर क्षेत्रको गाउँ गाउँमा गस्ति गर्ने भएको छ ।१०÷१० जनाको दूईवटा समुह बनाइएको र त्यसले बाँडिएर तुलसीपुरका ग्रामिण भेगमा गस्ति गर्ने एसपी चन्दले जानकारी दिए । बजार क्षेत्रमा भने प्रहरी आफैले गस्ति गर्ने छ ।
पछिल्लो घटनाहरुले गाउँ घरमा नसुरक्षा नपुगेको संकेत गरेको हुँदा संयुक्त गस्ति टोली निर्माण गरि गाउँ गाउँमा त्यस्ले रातिको समयमा गस्ति सुरु गरेको एसपी चन्दले बताए । संयुक्त गस्तिले रातको समयमा गाउँ घरका एकान्त स्थानमा गस्ति गर्ने चन्दले जानकारी दिए ।
तुलसीपुर क्षेत्र शान्ति सुरक्षाका दृष्टिकोणले जिल्लाकै सबैभन्दा धेरै संवेदनसिल क्षेत्र मानिन्छ । तुलसीपुर क्षेत्रमा समय समयमा यस्ता अपराधिक घटनाहरु हुँदै आएका छन् ।
