२०८१ चैत्र ४ गते सोमवार

शनिवार २२२५ नयाँ संक्रमित थपिए , १३ जनाको मृत्यु


दाङ, कात्तिक ८ । शनिवार थप २ हजार २ सय २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १३ हजार ८ सय ४६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार २ सय २५ जनालाई संक्रमन पुष्टि भएको हो । शनिवार २ हजार ८ सय ४६ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै थप १३ जनाको कोरोनाबाट मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कुल संक्रमितको १ लाख ५५ हजार २ सय ३३ पुगेको छ। त्यसमध्य १ लाख ८ हजार ३ सय ३४ जना निको भएर घर फर्कि सकेका छन् ।

मुलुकभर हालसम्म कोरोनाबाट ८ सय ४२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *