२०८१ चैत्र ९ गते शनिवार

नेपालगञ्जका ५० बर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

दाङ,कात्तिक ८ । नेपालगञ्जमा ५० बर्षीय एक पुरुषको शुक्रवार राति कोरोना भाइरसका कारण मृत्यु भएको छ । उनी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजी निवासी हुन । शुक्रवार राति १० बजेतिर भेरी अस्प्ताल नेपालगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् । स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उनको मृत्यु भएको थियो ।

उनलाई असोज २६ गते कोरोना संक्रमन पुष्टि भएको थियो । उनी असोज २७ गते अस्पताल भर्ना भएका थिए ।
यो संगै बाँकेमा कोरोना संक्रमित ३० जनाको मृत्यु भएको छ । त्यस्तै बाहिरी जिल्लावाट बाँकेमा उपचारका लागि लगिएका थप १६ जनाको समेत मृत्यु भइसकेको छ । हालसम्म बाँकेमा कुल ४६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *