२०८१ बैशाख ६ गते बिहिवार

तुलसीपुरमा शुक्रवार १२ जना नयाँ संक्रमित थपिए


तुलसीपुर, कात्तिक ७ । शुक्रवार तुलसीपुरमा थप १२ जना नयाँ संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा तीन महिला र नौं पुरुष गरि १२ जनामा संक्रमन पुष्टि भएको हो ।

जसमध्य वडा नं. ५ का २८ बर्षीया महिला र ४० र ५५ बर्षका पुरुष, वडा नं. ६ का ३०,३६,४२ र ६५ बर्षका पुरुष, वडा नं. ८ का ३५ बर्षीया महिला र ३८ बर्षका पुरुष, वडा नं. ९ का ३६ र ३९ बर्षका पुरुष र वडा नं. १७ निवासी २३ बर्षीया महिला रहेकी छन् ।

तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार यो सहित कुल संक्रमितको संख्या ४३८ पुगेको छ । जसमा ३३६ पुरुष र १०२ महिला रहेका छन् । त्यस्तै तुलसीपुरमा सक्रिय संक्रमितको संख्या १५३ पुगेको छ । जसमा ११४ पुरुष र ३९ महिला रहेका छन् ।

त्यसमध्य २८५ जना निको भएर घर फर्कि सकेका छन् । हालसम्म तुलसीपुरका दूई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *