२०८१ चैत्र ६ गते बुधवार

प्रतिष्ठानले शैक्षिक कार्यक्रमका लागि जग्गा खोजी गर्न थाल्यो


घोराही, कात्तिक ७ । दाङ घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको लागि आवश्यक जग्गाको खोजी सुरु भएको छ । प्रतिष्ठानको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्नको लागि जग्गा खोजी सुरु भएको हो । यसै सिलसिलामा बिहीवार घोराहीको नवलपुरमा अवस्थित १० बिगाहा जग्गाको स्थलत अबलोकन पदाधिकारीहरुले गरेका छन् ।

प्रतिष्ठानकी उपकुलपती प्राध्यापक डाक्टर संगीता भण्डारी लगाएतको टिमले शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गाको खोजी थालेको हो । जग्गा अवलोकन गर्न दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष तथा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सरोकार समितिका संयोजक नारायण भुसाल र नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र राना लगाएको टिम पुगेको थियो ।

प्रतिष्ठानकी उपकुलपति भण्डारीले जग्गा उपयुक्त ठाउँमा रहेको र त्यसका लागि आबस्यक प्रकृया अघि बढाउन प्रतिष्ठान लाग्ने जानकारी दिइन । निर्माण व्यवसायी संघका प्रदेश अध्यक्ष रानाले ल्याण्डपुलिङ सिष्टमबाट प्राप्त जग्गा भएकाले उक्त जग्गाको मुल्य प्रदेश सरकारले उपलब्ध गराएमा प्रतिष्ठानलाई सहयोग पुग्ने धारणा राखे ।

अस्पताल सबैको साझा सम्पत्ति भएकाले त्यस बारेमा आफुले मुख्यमन्त्रीलाई जानकारी गराउने र सहयोग पाउनेमा आफू आशाबादी रहेको रानाले बताए । त्यस्तै प्रतिष्ठान सरोकार समितिका संयोजक भुसालले आबस्यक प्रकृया पुर्याएर काम अघि बढाउनु पर्ने राय राखे । जति छिटो जग्गा खोज्न सकिन्छ उति छिटो प्रतिष्ठानलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहज हुने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *