२०८१ चैत्र ३ गते आइतवार

कर्णाली प्रकरण – मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फेल

सुर्खेत,कात्तिक ७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन असोज २५ गते परेको अविश्वासको प्रस्ताव फेल भएको छ ।

कर्णाली काण्डको रुपमा चर्चित उक्त प्रस्तावमाथि शुक्रबार संसदीय दलको कार्यालय वीरेन्द्रनगरमा बसेको बैठकले प्रस्ताव फेल गरेको हो ।

ज्वाला पक्षका ८ जना र मुख्यमन्त्री शाही पक्षका १० जना संसदहरुको उपस्थितिमा प्रमुख सचेतक सीता नेपालीले उक्त प्रस्तावमाथि मतदान गराएकी थिईन ।

ध्वनीमतको आधारमा ३३ सदस्यीय दलमा १८ जनाले बहुमतका साथ उक्त निर्णय पारित गरेको हो ।

दलको विधानको दफा २४ को उपदफा एक बमोजिम उक्त निर्णय भएको प्रमुख सचेतक सीता नेपालीले बताइन् ।

दुई मन्त्री अनुपस्थित बैठकमा सरकारका दुई मन्त्री र उपसभामुख अनुपस्थित रहेका छन् । सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिह बुढा र उपसभामुख पुष्पा घर्ती मगर अनुपस्थित रहेका हुन् ।

योसँगै नेता यामलाल कंडेल पक्षले अविश्वासको प्रस्ताव पेश गरेपनि अब त्यो ढोका भने बन्द भएको छ ।

श्रोतका अनुसार दशैंलगत्तै मन्त्रिपरिषद पुर्नगठन हुने भएको छ । ज्वाला पक्षका तीन जना मन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्री शाहीले दशैंको रमझाम भएका कारण मन्त्री नियुक्त गर्न ढिलाई हुने बताउँदै ज्वाला पक्षसँग दशैं लगत्तै मन्त्री परिषद पुर्नगठन गर्ने लिखित सम्झौता गरेको श्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *