दाङ,कात्तिक ७ । तुलसीपुर निवासी मालपोत कार्यालयका एकजना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दूधरास घर भइ जिल्ला मालपोत कार्यालय घोराही दाङमा नायव सुब्बाको रुपमा कार्यरत पुरुषको गएराति मृत्यु भएको छ ।
कोरोना विशेष अस्पताल बेलझुण्डीमा आइसियू बेड नपाएपछि बाँके तर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।
होम आइसोलेनमा बस्दै आएका उनलाई गएराति एकाएक स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि विहीवार राति ११ बजे कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना हुन भनेर आएका थिए ।
तर, त्यहाँ आइसियू बेड नपाएपपिछ उनलाई बाँके रिफर गरिएको थियो । एम्बुलेन्सवाट बाँके तर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीमा कार्यरत एक नर्सले जानकारी दिइन ।
यो संगै दाङका ८ जनाको कोरोना संक्रमनका कारण मृत्यु भइसकेको छ । विहीवार बेलुका मात्रै लमही नगरपालिका वडा नं. ५ का ५५ बर्षीय एक पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको थियो ।