२०७७ मङ्सिर १७ गते बुधवार

जनता अभिभावक विहीन भए – पूर्वराजा शाह


दाङ, कात्तिक ६ । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान अहिलेको परिस्थिति देख्दा पीडाबोध भइरहेको बताएका छन । विहीबार बडादसैंको शुभकामना सन्देश जारी शाहले अहिलेको अवस्थामा नेपाली जनता अभिभावक विहीन बनेको दोषारोपन गरेका छन् ।

उनले विपत्तिको समयमा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल तथा जिम्मेवारी राज्य पक्षबाट प्रस्तुत नभएको आरोप लगाएका छन् । शाहले भनेका छन्– ‘आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ, जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ । ’

शाहले विदेशबाट घर फर्किएकाहरुका लागि देशभित्र श्रम,सीप र सामथ्र्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त नभएको पनि उल्लेख गरेका छन् । देश, समाज र परिवारको मोह ममताले आएकाहरू पनि फेरि कामको खोजीमा विदेशतिरै जान बाध्य भएको उनले बताएका छन् ।

समाजमा अनेक आपराधिक गतिविधि र पिसाच प्रवृत्ति बढ्ेको प्रति चिन्ता जाहेर गर्दै पूर्व राजा शाहले आशुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेको उल्लेख पनि गरेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *