२०८१ चैत्र ३ गते आइतवार

कोरोना रोकथाम र नियन्त्रणमा सरकार गम्भीर बन्न सकेन : कृष्ण पहाडी

तुलसीपुर, कात्तिक ६ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकार गम्भीर बन्न नसकेको बताएका छन् । स्वास्थ्य सल्लाहकारको भनाईको आधारमा कोरोनाले झण्डै १ लाख ३९ हजार भन्दा बढी संक्रमित भई सक्दापनि सरकार जिम्मेवारीबाट पन्छन खोजीरहेको उनले आरोप लगाए । उनले सरकारले नै नेपालको संबिधान २०७२ को मौलिक हकको धारा ३५ को गलत ढंगले ब्याख्या गरेको बताए ।

फरक प्रसंगमा पहाडीले आनबिक अस्त्र पूर्ण रुपमा बन्द गरिनु पर्ने माग गरे । युद्धलाई बढवा दिने शैली रोकिनुपर्ने उनको जोड थियो । पहाडीले युद्ध निषेध र शान्तिको बिकल्प नभएको बताएका थिए ।

राष्ट्रसंघ स्थापना दिवसको सन्र्दभमा विहीवार मानव अधिकार तथा शान्ति समाजले ‘युद्ध निषेध शान्ति विशेष’ कार्यक्रम गरेको हो । समाजले अर्मेनिया– अजरवैजान युद्ध तत्काल अन्त्य हुनुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *