२०८३ जेष्ठ २३ गते शनिवार

गरिमा बैंकका ४ सहित तुलसीपुरमा थप १५ जना नयाँ संक्रमित थपिए


तुलसीपुर,कात्तिक ५ । बुधवार तुलसीपुरमा थप १५ जना नयाँ संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणको क्रममा तुलसीपुर उपमहानगरपालिकाका थप १५ जनामा संक्रमन पुष्टि भएको हो ।

तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीका अनुसार तुलसीपुर वडा नं. ३ मा २६ बर्षीया महिला, वडा नं. १८ मा २८ बर्षीया महिला, वडा नं. ७ मा ४३ बर्षीय पुरुष, वडा नं. २ मा २७ बर्षीय पुरुष, वडा नं. ६ मा ३० बर्षीय पुरुष र वडा नं. १२ मा २२ बर्षीय पुरुषमा संक्रमन पुष्टि भएको छ ।

त्यस्तै वडा नं. ५ मा २५ बर्षीया महिलासहित २५,३४ र ४० बर्षका पुरुष, वडा नं. ६ मा २४ बर्षीया महिलासहित २२, २६,३०,३७,३७ बर्षका पुरुष र वडा नं. ११ मा २५ र ५५ बर्षका पुरुषमा संक्रमन पुष्टि भएको छ । ती संक्रमित मध्य गरिमा बैंकका चार जना कर्मचारी समेत रहेका छन् ।

तुलसीपुरमा यो सहित कुल संक्रमितको संख्या ४ सय १२ पुगेको छ । त्यसमध्य सक्रिय संक्रमितको संख्या १ सय ७ ६ रहेको छ । बुधवार सम्म तुलसीपुका २ सय २६ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय कोरोना विशेष अस्पताल बेलझुण्डी, भेरी अस्पताल नेपागञ्ज र काठमाडौंमा गरि ६ जनाको आइसियूमा उपचार भइरहेको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् ।

त्यो बाहेक बुधवार फलोअप चेकअपमा गएका थप तीन जनामा पुनः पोटेटिभ आएको छ । जसमा वडा नं. २, ६ र १२ का क्रमश ः २७,३० र २२ बर्षका पुरुषहरु रहेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *