२०८३ असार ११ गते बिहिवार

अहिले सम्मकै धेरै थपिए कोरोना संक्रमित


काठमाडौं, कात्तिक५ । पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ९९६ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *