२०८१ चैत्र ६ गते बुधवार

सर्वसाधारणले भने – सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना भएन

फाइल तस्विर

तुलसीपुर, कात्तिक ४ । स्वास्थ्य सुरक्षा र यातायात सेवा बिषयक संबाद भएको छ । संबाद समूह सचिवालयको आयोजनामा झण्डै १५ वटा बिभिन्न यातायात प्राली,स्थानीय प्रशासन, स्वास्थ्य कार्यालय, यातायात मजदुर,नागरिक बीचमा मंगलवार भर्चुअल संबाद भएको हो ।

त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालीका अध्यक्ष सुरेश हमालले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि यातायात क्षेत्र पनि गम्भीर रहेको बताए । यातायात मजदुर मास्क, स्यानीटाइज जस्ता बस्तुहरुको अनिवार्य प्रयोग हुँदै आएको भएपनि भाइजर भने प्रयोग गर्न नसकिएको हमालले बताए ।

सहारा यातायात प्रालीका अध्यक्ष सुरेन्द्र केसीले सार्वजनिक यातायातका साधन सञ्चालन भएपनि यात्रुहरुको संख्या निकै न्यून रहेको हुँदा व्यवसायी मर्कामा परेको बताए । उनले सरकारले नै स्वास्थ्य सुरक्षा सामाग्री यात्रु र मजदुरलाई उपलब्ध गराउनुपर्ने माग धारणा राखे ।

यातायात मजदुर केशवराज भण्डारी र पदम वलीले स्वास्थ्य क्षेत्रबाट बसपार्कमा सचेतनामुलक कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्नेपर्नेमा बताए ।

अपाङ्गको तर्फवाट यज्ञ बिक र महिलाको तर्फवाट पदमा चौधरीले स्वास्थ्य सुरक्षा मापदण्डको पालना सार्वजनिक सवारीका साधनमा हुनै नसकेको धारणा राखे । सवारी साधनमा केहीले मास्क प्रयोग गरेको पाइएपनि अधिकाँसले प्रयोग नगर्ने गरेको उनीहरुले बताए ।

त्यस्तै उनीहरुले ३ जना यात्रु क्षमताको अटोमा ८ जना यात्रु सम्म राखेर यात्रा गराउने गरिएको भन्दै त्यसले जोखिम निम्तने चिन्ता गरे । कानून ब्यबसायी रबिन्द्र शर्माले नागरिकको स्वास्थ्य सम्बन्धि मौलक हक कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता जाहेर गरे ।

जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत अमरराज शर्माले कोरोना संक्रमण हुन नदिन सबैमा आत्म अनुशासन अनिवार्य हुनुपर्नेमा जोड दिए । सार्वजनिक सवारीका साधन प्रयोगकर्तालाई मास्क बिना प्रयोग गर्न नदिने ब्यबस्था मिलाउन यातायात व्यवसायीलाई उनले आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक मोहनजंग बुढा थापाले प्रहरीको चेकजाँचलाई देखे मास्क लगाउने अन्यथा हातको नाडीमा राख्ने चलन बढदै गएको प्रति चिन्ता जाहेर गरे । उनले कोरोना भाइरसको संक्रमण बढदै जानुको कारण त्यस्तै मानिसहरु दोषी रहेको तर्क गरे ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले कोरोना रोकथाम र नियन्त्रणका लागि सबैले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए । उनले गम्भीर प्रकृतिका ३५ जना भन्दा बढी कोरोना संक्रमित ब्यक्तिलाई राख्न सक्ने भेन्टिलेटर दाङमा नहुनुले थप चिन्ता बढाएको तर्क गरे ।

संबाद समूहका सदस्य टीकाराम रेग्मीको अध्यक्षतामा भएको संबादमा प्रस्तुतिकरण अर्का सदस्य निर्मल नेपाली,धन्यबाद ज्ञापन सहजकर्ता सुष्मा गिरी गरेकी थिइन ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *