२०८१ चैत्र ४ गते सोमवार

बुधबार रानीपोखरीको उद्घाटन हुने

काठमाडौं, कार्तिक ४। रानीपोखरीको उद्घाटन गर्ने भोलि गरिने भएको छ। पुनर्निर्माण सकिए पछी रानीपोखरीको बुधबार उद्घाटन हुने भएको छ । पोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर पनि पुनर्निर्माण सकिएपछि उद्घाटन हुने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मध्याह्न १ बजे रानीपोखरीको उद्घाटन गर्न लागेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने कार्यक्रम रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।पुनर्निर्माणपछि बत्ती जोड्ने, रंगरोगन गर्ने, सरसफाइ गर्ने लगायतको काम सकिएपछि उद्घाटन गर्न लागिएको हो ।

भूकम्पबाट क्षति पुगेको रानीपोखरीले करिब साढे ४ वर्षमा पुनर्जीवन पाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *