विराटनगर, कार्तिक ४। मोरङमा कोरोना (कोभिड -१९ )बाट श्रीमान श्रीमतीको एकैदिन मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका–४ का ८५ वर्षीय श्रीमान र उनकी ८१ वर्षीया श्रीमतीको एकै दिन छुट्टाछुट्टै अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको।
सोमबार राति ८५ वर्षीय श्रीमानको विराट नर्सिङहोममा मृत्यु भएको हो भने सोमबार बिहान मोरङ सहकारी अस्पतालमा श्रीमतीको मृत्यु भएको हो । उपचारका क्रममा पीसीआर परीक्षण गर्दा दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार