२०८१ चैत्र ९ गते शनिवार

धनगडीमा २ प्रहरीको हत्या गर्ने ७ जना सार्वजनिक

तस्विर : सामाजिक संजाल बाट

धनगडी, कात्तिक ४ । धनगडीमा २ जना प्रहरीको हत्या अभियुक्त ७ जनालाई प्रहरीले मंगलवार सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेका ७ जनालाई सार्वजनिक गरेको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ बर्षे रोहित राना, वर्ष २० को राजेन्द्र राना, वर्ष ३० कोे सुरेश राना, वर्ष २५ को राजकुमार राना, वर्ष २२ को रामनिवास राना, वर्ष २९ को दलराम राना र वर्ष २५ को राम गोपाल रानालाई प्रहरीले सार्वजनिक गरेको हो ।

उनीहरूका विरूद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको बताएको छ । शनिबार दूई प्रहरीको हत्या भएको थियो । मोहना नदीबाट अन्दाजी ४ सय मिटर उत्तरमा केराउ तस्करी गरिरहेका तस्करहरूको समूहलाई नियन्त्रणमा लिन प्रयास गरेको हुँदा उनीहरुको हत्या गरेको पक्राउ परेकाहरु बयान गरेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *