२०८१ चैत्र ६ गते बुधवार

मुख्य मन्त्री विरुद्ध अबिश्वासको प्रस्ताव फिर्ता हुने


दाङ,कात्तिक ४ । कर्णाली प्रदेशमा उत्पन्न किचलो व्यवस्थापन गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्ष नेतृत्वका बीचमा सहमति भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार उत्पन्न बिवाद मिलाउन कर्णाली ४ बुँदे सहमति भएको छ।

सहमति अनुसार मुख्यमन्त्री महेन्द्रबत्रहादुर शाही विरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई यथावत राखिने भएको छ ।

यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शाहलाई हटाउने निर्णय गरेका थिए । त्यो निर्णय बदर गर्न ओली र दाहालका बीचमा सहमति कायम भएको छ ।मुख्य मन्त्रीले प्रमुख सचेतक नियुक्त गरेका सीता नेपालीको हकमा त्यो निर्णय पनि बदर हुने भएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *