२०८१ चैत्र ३ गते आइतवार

यी रहेछन् डलरको अवैध खेतिगर्नेहरु


तुलसीपुर,असोज ३ । दाङ प्रहरीले डरलको अबैध कारोवारो गर्ने तीन जनालाई सार्वजनिक गरेको छ । जसमा धादिङ गल्छि गाउँपालिका वडा नं. ५ गल्छि निवासी ३१ बर्षीया सर्मिला कोईराला, उनका ५६ बर्षीय पति रामबहादुर तामाङ र बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ३ निवासी २८ बर्षीय मंगलप्रशाद थारु रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले उनीहरुलाई आइतगवार राति लमही नगरपालिका वडा नं. ९ अमिलियास्थित बस्नेत होटलवाट पक्राउ गरिएको जानकारी दिए । अवैध रुपमा विदेशी मुद्राको कारोवार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा पुगेको साधा पोशाकको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान र आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *