२०७७ मङ्सिर १७ गते बुधवार

तुलसीपुरमा ४ करोडको अन्डरग्राउन्ड पार्किङसहितको ५ तले भवन निर्माण सुरु


तुलसीपुर,कात्तिक ३ । तुलसीपुर उपमहानगरपालिकाको प्रशासकीय भवनको शिलन्यास गरिएको छ । नगरप्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया शर्माले सोमवार संयुक्त रुपमा भनवको शिलन्यास गरेका हुन् । ३ करोड ९० लाख लागतमा भवन निर्माण सुरु गरिएको छ । पाँच तले भवनमा अन्डरग्राउण्ड पार्किङ्गको समेत व्यवस्था गरिएको छ ।

तुलसीपुरमा सरकारी भवन पार्किङ सुविधासहितको निर्माण गर्न लागिएको यो पहिलो पटक हो । एकै पटक पाँच तलामा निर्माण हुन थालेको सरकारी भवन पनि यही नै पहिलो हो । अबको २ वर्ष भित्र निर्माण पुरा गर्ने लक्ष्यका साथ भवन निर्माण काम सुरु भएको छ । भवन निर्माणको जिम्मा तुलसीपुरको सिएम, प्रेमधन र स्लेट जेभिले पाएको छ । लकडाउनका कारण जेठबाटै सुरु हुने काम केही ढिला गरि असोजबाट सुरु भएको छ ।

भवनको शिलन्यास गर्दै नगरप्रमुख पाण्डेले नयाँ भवन निर्माणसँगै जनताले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गरे । ‘हिजोको स्थानीय तह हुँदाको संरचनामा अहिले सेवा दिदा निकै जटिल भएको छ । भवन वनेपछि सेवा थप प्रभावकारी हुनेछ’,उनले भने । उपमहानगरपालिका भित्र कोठा सिमित हुँदा विभिन्न कार्यालयहरु फरक÷फरक ठाउँमा राख्नुपरेको उनले बताए ।

प्रशासकीय भवन निर्माणसँग विभिन्न कार्यालयहरु नगरपालिकाको प्राङ्गणमा सारिने उनले जानकारी दिए । जनताले एकै ठाउँबाट सबैखाले सेवा पाउने गरी संरचना निर्माण थालिएको उनले बताए । त्यस्तै उपप्रमुख माया शर्माले उपमहानगरपालिको सेवा विस्तारसंगै भवनपनि विस्तारित गरिएको बताइन ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *