२०८१ चैत्र ६ गते बुधवार

अमिलियावाट पक्राउ परे अमेरिकन डलर देखाएर ठगी गर्ने गिरोह

तुलसीपुर, कात्तिक ३ । अमेरिकन डलर देखाए ठगी गर्ने समुह दाङबाट पक्राउ परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङ लमही नगरपालिका वडा नं. ९ अमिलिया बजारवाट डलर देखाएर ठगी गर्ने गिरोह पक्राउ परेको हो ।सस्तोमा डलर सट्ही गरिदिने भनेर बाँके जिल्लावाट आएर लमिलियामा सर्वसाधारणलाई ठगी गर्ने गरेको सूचनाका आधारमा साधा पोशाकका प्रहरीले गएराति साढे दश बजेतिर एक महिलासहित दूई पुरुषलाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा बाँकेको कोहलपुर र हेटौंडाका पुरुष र धादिङकी महिला रहेकी छिन् । प्रहरीले उनीहरुको नाम भने यो खवर तयार पार्दासम्म गोप्य नै राखेको छ । पक्राउ परेकाहरु बाहिर–बाहीर अमेरिकन डलरले बेरेको नोटको बण्डल तयार पारी त्यस भित्र कागज राखेर बण्डल तयार गरि सर्वसाधारणलाई ठग्ने गरेको रहस्य सार्वजनि भएको छ ।

सर्वसाधारणलाई झुक्काएर ठगी गर्दै आएको थाहाँ पाएपछि प्रहरी आँफै ग्राहक बनेर उनीहरुलाई पक्राउ गर्न सफल भएको एक जना प्रहरी अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालय दाङले केही बेरमा पक्राउ परेकाहरुको विवरण सार्वजनिक गर्ने बताएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *