२०८१ चैत्र ३ गते आइतवार

सांसदले पाएको दशैं भत्ताको व्यापक आलोचना , केहीले फिर्ता गरे 

काठमाडौं, कात्तिक २ । व्यापक आलोचना पछि दसैं भत्ता बुझेका  केही सांसदहरूले  भत्ता फिर्ता गर्ने घोषणा गरेका छन् ।

कोरोना भाइरसको महामारीको समयमा सरकारवाट दसैं भत्ता पाएका केही सांसदहरुले व्यापक आलोचना पछि त्यो फिर्ता गर्न थालेका छन् । 

त्यसरी भत्ता फिर्ता गर्नेहरुमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद, बालकृष्ण खाँण, गगन थापाले रकम फिर्ता गरेका छन् ।  

त्यस्तै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरु नारायणकाजी श्रेष्ठ, भीम रावल, जनार्दन शर्मा , देवेन्द्र पौडेललगायतले भत्ता फिर्ता गर्ने घोषणा गरेका छन् । 

सांसदको  खातामा दसैं भत्ता बापत ६४ हजार ७० रुपैंया आएको थियो। त्यो भत्ता फिर्ता गरेका सांसद मध्य कतिपयले त्यो रकम भेन्टिलेटर खरिदमा लगाउने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *