२०८१ चैत्र ३ गते आइतवार

सरकार कोरोना उपचारबाट पन्छियो, व्यापक आलोचना

दाङ, कात्तिक २ । कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचार गर्दै आएको सरकार आइतवारदेखि त्यो दायित्वबाट पन्छिएको छ । अबदेखि सर्वसाधारण नागरिकले आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि लागु हुने गरि यस्तो निर्णय गरेको हो । हालसम्म सरकारले कोरोना संक्रमित सबैको निस्शुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो। तर अबदेखि अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगाएतको मात्रै कोरोना परीक्षण र उपचार गर्ने भएको छ ।

विपन्न वर्ग, अति अशक्त, जेष्ठ नागरिकको हकमा पनि सोही नियम लागु हुने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यदी कोरोना बीमा गरेको भए सोहीवाट उपचारमा खर्च गर्ने पनि निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *