२०८१ चैत्र ४ गते सोमवार

थपिए २९४२ जना कोरोना संक्रमित

काठमाडौं, कार्तिक २। पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताए ।

पछिल्लो २४ घण्टामा २ हजार ३२६ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ। यस्तै थप १२ जनाको कारोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *