
काठमाडौं, कात्तिक १। यो वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गएको जेठ ३० गते देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिएको छ ।
सुअसोज १५ गते नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमका केही भू-भागबाट बाहिरिएको मनसुन नेपालभरिबाट भने हिजो बाहिरिएको हो। करिब चार महिना पछी शुक्रबारदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको विभागले जनाएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक १ गते शनिवार
