२०७७ कार्तिक ११ गते मङ्गलवार

चार लाख घुससहित प्रहरी हवल्दारका दम्पत्ति पक्राउ

बुटवल, असोज ३० । बुटवलमा कार्यरत प्रहरी हवल्दार शिवचन्द्र साहनी र उनकी पत्नि निर्मला केवटलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हवल्दार साहनी र उनकी पत्निलाई ४ लाख घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।

हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाउन सहयोग गरेवाफत उनीहरुले मागेको घुस सहित शुक्रवार दिउसो दुई बजे पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले उनीहरुलाई सियारी गाउँपालिकाको एक मिठाई पसलबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *